धनगढीको एक सडकको बिचमै गाडियो सडक नबन्नुको कारण सहितको पोस्टर

युग संवाददाता     322 पटक पढिएको    

धनगढीको एक सडकको बिचमै गाडियो सडक नबन्नुको कारण सहितको पोस्टर

धनगढी / धनगढी उपमहानगरपालिकाको एक सडकमा स्थानीयले सडक नबन्नुको कारण सहितको पोस्टर सडकको बिचमै गाडेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर ५ हसनपुर युएन चोक देखि ऐश्वर्य बहुमुखी क्याम्पस सम्म र युएन चोक देखि तारानगर जाने बाटो बर्षौदेखि नबन्नुको कारण सहित स्थानीयले सडक बिचमै  पोस्टर गाडेका हुन् ।

उनीले  भ्रष्ट्राचारी नेताको घर नहुनु, भ्रष्ट्राचारी कर्मचारीको घर नहुनु, अल्छी टोलवासी हुनु र भ्रष्ट्राचारी  इन्जिनियरको घर नहुनु भन्दै उनीहरूले सो कारण सहित बाटो मर्मत गर्न दबाब दिएका हुन् । अहिले सो सडकमा पानी जमेका कारण बालबालिका र विद्यार्थीहरू बढी मारमा पर्दै आइरहेका छन् ।



शुक्रबार ३१, असार २०७९ ०९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.