कारागारमै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

युग संवाददाता     266 पटक पढिएको    

कारागारमै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

बैतडी / जिल्ला कारागार बैतडीका केन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । शुक्रबार गरिएको विवरण सङ्कलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको कम्प्युटर प्राविधिक बालकृष्णप्रसाद भट्टले जानकारी दिए ।

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण सङ्कलन गरिएको जनाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्रअनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण सङ्कलन गरिएको हो । 

कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौती हुने भएकोले कारागारभित्रै टोली एर विवरण सङ्कलनको काम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।  

बैतडीमा विसं २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचय पत्र विवरण सङ्कलनको काम शुरु भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण सङ्कलन भइसकेको छ ।  सुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण सङ्कलनको काम भएको थियो भने हाल अभियानकै रुपमा वडास्तरमै उक्त कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । 



शनिबार २५, असार २०७९ १२:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.