कैलालीमा चट्याङ लागेर मृत्यु भएका परिवारलाई राहत वितरण

युग संवाददाता     202 पटक पढिएको    

कैलालीमा चट्याङ लागेर मृत्यु भएका परिवारलाई राहत वितरण

धनगढी /  कैलालीमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ । असार १४ गते चट्याङ लागेर मृत्यु भएका कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ रानामुरा गाउँ बस्ने ५६ वर्षीय सुखपंखीदेवी चौधरीको परिवारलाई नगद दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम मृतकका श्रीमान् परनुराम डगौरालाई नगद हस्तान्तरण गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले मृतकको घरमा पुगेर नगद हस्तान्तरण गरेका हुन् ।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरको सहभागितामा राहत वितरण गरिएको हो ।



शुक्रबार २४, असार २०७९ ०५:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.