कञ्चनपुरका थप दुई जनाको चट्याङ परी ज्यान गयो

युग संवाददाता     230 पटक पढिएको    

कञ्चनपुर /  कञ्चनपुरका थप दुई जनाको चट्याङ परी ज्यान गएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ५ बस्ने वर्ष ४८ का पुनाराम चौधरीको चट्याङ परी मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ ।

कैलालीको गोदावरी नगरपालिका ३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाई गर्न गएका उनको बिहान परेको चट्याङका कारण मृत्यु भएको हो । 

यस्तै पुनर्वास नगरपालिकाकै ८ मा चट्याङ लागेर  सालिभान थापाकी श्रीमती शारदा थापाको समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

खेतमा काम गर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रमुख प्रहरी निरीक्षक मल्लले बताए।यस अघि मात्रै जिल्लाको पुनर्वास नगरपालिका ६ का एक जना पुरुषको पनि  चट्याङकै कारण मृत्यु भएको थियो । 



मङ्गलबार १४, असार २०७९ ०९:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.