नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

युग संवाददाता     322 पटक पढिएको    

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

काठमाडौँ / नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।

यद्यपि गोली कसैलाई लागेको छैन । प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



सोमबार २३, जेठ २०७९ ०९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.