दुर्घटनास्थलमा पुग्यो २० जना प्रहरी  टोली

युग संवाददाता     670 पटक पढिएको    

काठमाडौँः तारा एयरको विमान दुर्घटनास्थलमा थप २० जनाको उद्धार टोली पुगेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित २० जनाको टोली पैदलबाट त्यहाँ पुगेको हो। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा र नेपाल प्रहरी नायव निरीक्षकको कमाण्डमा उद्धार टोली त्यहाँ पुगेको हो। अहिले शव संकलन गरिरहेको घटनास्थलमै रहेका बाग्लुङका एकजना युवा विशाल मगरले जानकारी दिए। 


‘स्थानीय पनि १२र१३ जना जम्मा भइसकेका छन्। अहिले हिँड्दै प्रहरीको टोली पनि आइपुग्यो। हेलिकप्टर आउन सक्ने अवस्था छैन। पूरै कुहिरो लागेको छ, यहाँ शव संकलन भइरहेको छ’, विशालले भने। आइतबार बिहानदेखि हराइरहेको तारा एयरको नाइन एन एटीई जहाज सोमबार बिहान दुर्घटनाग्रस्त भेटिएको थियो। 

उक्त जहाजलाई यार्सा टिप्न गएको टोलीले फेला पारेको थियो। उनीहरुले घटनास्थलमा पुगेर तस्बिरसहित पठाएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको हो। सुरुमा ३ जना सेनाको टोली हेलिकोप्टरबाट त्यहाँ पुगेको थियो। त्यसपछि ४ जना शेर्पाहरुको उद्धार टोली त्यहाँ पुगेर उद्धार थाल्यो। अहिले शव एकै ठाउँमा जम्मा पार्ने काम भइरहेको मगरले बताए। भिरालो स्थान भएकाले शव संकलनमा पनि कठिनाइ भइरहेको छ। 


दुर्घटना भएको विमानमा १३ नेपाली, ४ भारतीय र २ जना जर्मन नागरिक सवार थिए। जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरे नेतृत्वमा उडाइएको थियो।



सोमबार १६, जेठ २०७९ ०७:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.