धनगढीमा ४७ हजार बढी मत गन्दा कसको कति ?

युग संवाददाता     401 पटक पढिएको    

धनगढीमा ४७ हजार बढी मत गन्दा कसको कति ?

धनगढी जेठ ६ शनिबारदेखि सुरु भएको कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ४७ हजार ७६ मतगणना भएको छ।

दिउसो २ ७ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार ६२१ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ७७१ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ७३४ मत पाएका छन्। हमाल र वडबीच ९ हजार ९८५० मतको अन्तर छ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ९५९ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ८ हजार २८७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार २६४ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ।


शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।



शुक्रबार ०६, जेठ २०७९ ०१:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.