कार्यभार काँग्रेसको काँधमा डा आरजु राणा देउवा

युग संवाददाता     623 पटक पढिएको    

कार्यभार काँग्रेसको काँधमा  डा आरजु राणा देउवा


धनगढी चैत १० 
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रभावशाली नेतृ डा  आरजु राणा देउवाले आफु कैलाली निर्वाचन क्षेत्र नबर ५ बाटै आफुले संघिय निर्वाचन उम्मेदार रहेको बताइकी छिन् । आज नेपाल प्रेस युनियन कैलाली शखाले आयोजना गरेको पत्रकार सम्मोलन नेतृ राणाले सो कुरा बताएकी हुन । उनले भनिन् आफुले पहिले पनि यसै निर्वाचन क्षेत्र बाट चुनाव लडेको र यस क्षेत्रका जन्ताले मलाई २२ हजार मत पनि दिएका थिए भने बाम गठबन्धका का बेला म एक्लै निवार्चनमा लड्दा पनि मलाइ जनताले राम्रो मत दिए मतको आधारमा म प्रराजित हुनु लोकतान्त्रीक पद्धति भएकाले मैलै यस क्षेत्रका जनताको मायाँ र सद्भावरहेको छ । पार्टीले टिकेट दिए यसै क्षेत्र बाट आफुले चुनाव लड्ने  पत्रकार सम्मेलनमा मार्फत बताईन् । 
केपी ओलीले दुई तिहाईको सरकार समेत चलाउन नसक्दा शेरबहादुर देउवाले सबैलाई मिलाएर देश सही दिशामा अघाडी बढाएको उनले बताईन् ।
‘जनताले दुई तिहाई दिएर सरकारको नेतृत्व दिएको थियो’ नेतृ रणाले भनिन् –‘जनताको मतको रक्षा गर्न नसक्दा अन्तिममा काँग्रेसले समाहल्नु पर्ने अबस्था आयो  उनिले भनिन्।’
सबै बिचारलाई मिलाउन सक्ने क्षमता भएर नै देशको कार्यभार काँग्रेसको काँधमा आएको उनले बताईन् । सबै बिचारलाई समेटेर लैजान खुबी काँग्रेसकै मात्र भएर धैर्यभएर अबको निर्वाचनमा एकजुट भई जनमत सृजना गर्न सबैलाई आग्रह गरिन् ।
 



बिहिबार १०, चैत २०७८ १०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.