कैलालीको चुरेका नरबहादुर साउँद सहितको टिम एमाले छोडेर कांग्रेसमा प्रवेश

युग संवाददाता     10 पटक पढिएको    

कैलालीको चुरेका नरबहादुर  साउँद सहितको टिम एमाले छोडेर कांग्रेसमा प्रवेश

 

अत्तरियाः कैलालीको चुरे गाउँपालिका–१, दिगडा निवासी नेकपा एमालेका सक्रिय सदस्य नरबहादुर साउँदले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसको डुब्केखालीमा आयोजित चुनावी सभामा साउँदलाई कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार आनन्द बिष्टले टीका र खादा लगाएर स्वागत गरे। नवप्रवेशी साउँदले कांग्रेसको लोकतान्त्रिक मूल्य र विचारप्रति प्रतिबद्ध भएर काम गर्ने आश्वासन दिए।

साउँदले कांग्रेसमा प्रवेशको कारणका रूपमा आनन्द बिष्टको सामाजिक व्यक्तित्व र जनसेवाप्रतिको समर्पणलाई उल्लेख गर्दै, उहाँलाई जिताउन आफू कांग्रेसमा आएका बताउनुभयो। यस घटनाले कांग्रेसमा नयाँ ऊर्जा थपेको र स्थानीय तहदेखि केन्द्रीय तहसम्म पार्टीलाई बल प्रदान गर्ने अपेक्षा गरिएको छ।



सोमबार १८, फागुन २०८२ ०४:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal