स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना  खुल्यो

युग संवाददाता     507 पटक पढिएको    

स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना  खुल्यो

धनगढी । स्थानीय तह निर्वाचनका लागि आजदेखि कैलालीमा पनि भर्ना खुलेको छ । महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानीय निर्वाचन २०७९ को लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दर्खास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीका लागि मात्र दुई हजार ४५७ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन ।

विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने छ । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने छ ।



आइतबार ०६, चैत २०७८ ०३:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.