बाक्लो हुस्सुका कारण  हवाई उडान प्रभावित

युग संवाददाता     599 पटक पढिएको    

बाक्लो हुस्सुका कारण  हवाई उडान प्रभावित

 

धनगढी माघ १६। प्रतिकूल मौसमका कारण धनगढीबाट हुने हवाई उडान प्रभावित भएको छ । आईतबार बिहानै देखी लागेको बाक्लो हुस्सुका कारण धनगढी बिमानस्थलबाट हुने सबै हवाई उडानहरू प्रभावित भएका हुन्।

विमानस्थलबाट धनगढी काठमाण्डौंधनगढी उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख रामकृष्ण भट्टले बताए। उनले भने, हुस्सुले गर्दा कम भिजिबिलिटी भएपछि हवाई उडान हुन सकेको छैन्।

अरु दिन दिउसोसम्म उडान हुने गरेकोमा अहिलेसम्म कुनै उडान नभएको उनले जानकारी दिए। उनले आज बिहान हुने बुद्ध, सौर्य, ‘श्री एयरलाइन्सले पनी उडान स्थगित गरेको बताए। ‘साँझसम्म मौसम सफा तथा सुधार भएमा विमानस्थल खुल्ने नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख भट्टले बताए।



आइतबार १६, माघ २०७८ ०५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.