एमाले कैलालीको जिल्ला अधिवेशन अध्यक्षमा तिन जना दाबेदार

युग संवाददाता     438 पटक पढिएको    

एमाले कैलालीको जिल्ला अधिवेशन अध्यक्षमा  तिन जना दाबेदार

धनगढी पसु २३ कैलाली सहित सुदूरपश्चिम प्रदेशका नौमध्ये आठ जिल्लामा भोली ९शुक्रबार० नयाँ नेतृत्व चयन गर्नका लागि जिल्ला अधिवेशन हुँदैछन् ।

तत्कालीन नेकपालाई अदालतले अस्वीकार गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँत्याइदिएपछि र एमालेमा विभाजन आएपछि पहिलो पटक जिल्ला अधिवेशन भइरहेका छन् ।

प्रदेशका सबै जिल्लामा एमालेको वडा तथा पालिका अधिवेशन भइसकेका छन् । ती अधिवेशनहरुबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरु छनोट भइसकेका छन् ।

एमालेमा विभाजन आएपछि हुन लागेको अधिवेशनहरुले के सन्देश दिने अपेक्षा गरिएको छ रु एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकले भने– हाम्रो दशौं राष्ट्रिय महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादलाई समाप्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको स्थापनामा जोड दिएको छ । हाम्रा जिल्ला अधिवेशनहरु पनि यही पृष्ठभूमिमा हुने अपेक्षा गरेका छौं ।

एमाले प्रदेश सचिव पाठकको दाबी छ– अहिलेको एमाले तत्कालीन नेकपा, १० बुँदे सहमती र केपी ओलीले नेतृत्व गरेको एमालेको निरन्तरता हो । उनले थपे– जिल्ला अधिवेशनमार्फत एमालेलाई आमजनतामाझ पुर्याउने र आगामी तीन तहका निर्वाचनमा पार्टीलाई अब्बल बनाउनेतर्फ हामी केन्द्रीत छौं ।

जिल्ला अधिवेशनको एक दिन बाँकी रहँदा प्रत्यृेक जिल्लामा नयाँ नेतृत्वका लागि आकांक्षीहरु चुनावी मैदानमा उत्रिने क्रम जारी छ । प्रदेश सचिव पाठकका अनुसार अधिवेशनबाट प्रत्येक जिल्लामा कम्तिमा ७५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुन्छ भने प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट १५ जनाका दरले जिल्ला सदस्यहरु निर्वाचित हुनेछन् ।

एमालेमा अधिवेशनबाट जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना सहसचिव तथा भूगोल ९संघीय निर्वाचन क्षेत्र०, खु्ला ९हल० र समावेशी सदस्यहरु निर्वाचित हुने विधानमा व्यवस्था गरिएको छ । त्यस्तै, जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने जिल्ला कमिटीले १० प्रतिशत सदस्य मनोनित गर्न पाउँछ ।

जिल्ला अधिवेशनको एक दिनअघिसम्म कैलालीमा तीन जनाले अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । प्रदेश सभा सदस्य रतनबहादुर थापा, जिल्ला उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला सचिवालय सदस्य डेजी पाण्डेयले अध्यक्षका लागि आफूलाई प्रस्तुत गरेका छन् ।

तपाईंको उम्मेदवारीको औचित्य कसरी पुष्टि गर्नुहुन्छ रु अनुमोदन दैनिकको प्रश्नमा अध्यक्षका दाबेदार चन्दले भने– २८ वर्षदेखि विद्यार्थी संगठन र पार्टीका नगर र जिल्ला कमिटीका विभिन्न पदमा रहेर काम गरेको म स्वाभाविक उम्मेदवार हुँ । अहिले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्को रुपमा उठेको छ र यो बहसको नेतृत्व मैले गरेको छु ।

उनले तत्कालीनरुपमा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि भताभुंग भएको पार्टी संगठनको पुनःनिर्माण र पुनव्र्यवस्थित गर्ने अभिभारा आफूले कुशलतापूर्वक निर्वाह गर्नसक्ने दाबी गरे । भने– हामीले कैलालीमा गत स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सबैभन्दा राम्रो परिणाम प्राप्त गरेका थियौं । पार्टी विभाजनले केही प्रभाव पारे पनि अब हामी जिल्ला अधिवेशनमार्फत पार्टीलाई व्यवस्थित गरेर जनतामाझ जान्छौं ।

उनले जातीय, क्षेत्रीय, वर्गीय, भाषिक विविधता भएको कैलालीको सामाजिक मनोविज्ञान आफूले राम्रोसंग बुझेकोले पनि ती सबैलाई व्यवस्थित गर्नसक्ने क्षमता रहेको दाबी गरे ।

अध्यक्षका अर्का दाबेदार डेजी पाण्डेयले आफ्नो २५ वर्षको एमालेको राजनीतिक यात्राका क्रममा सामाजिक रुपान्तरणको प्रक्रियालाई मुर्तरुप दिन आफूले नेतृत्वको दाबी गरेको बताए । उनले भने– म पार्टीमा ढुंगामुढा गर्न वा नाराजुलुस गर्न मात्रै लागेको होइन, पार्टीमार्फत समाजको आर्थिक, सामाजिक रुपान्तरणका मेरा सपनाहरुलाई साकार पार्न लागेको हुँ ।

उनले आफूले कैलालीको सामाजिक मनोविज्ञान र अन्तरविरोधहरु राम्ररी बुझेकोले ती सबैको सम्बोधनको क्षमता र कौशलता आफूसंग रहेको दाबी गरे । भने– हामी अहिले पनि पहिलो पार्टी नै हौं । आगामी निर्वाचनमार्फत हामीले संख्या र लोकप्रिय मतका दृष्टिकोणले एमालेलाई पहिलो पार्टी बनाउने अभिभारा पूरा गर्नुपर्ने चुनौति छ ।

उनले एमाले पार्टीपंक्तिले आफूलाई सामाजिक, आर्थिक, पार्टीको सिद्धान्त, कार्यभार राम्रोसंग बुझेको र आम कार्यकर्ता तथा जनतामा कुुशलतापूर्वक प्रवाह गर्नसक्ने क्षमता भएको व्यक्तिकारुपमा लिएको दाबी गरे ।

एमालेको जिल्ला अधिवेशनका लागि ५५० प्रतिनिधि रहेका छन् ।



शुक्रबार २३, पुष २०७८ ०७:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.