कांग्रेस कैलालीको सभापतिमा बमको उम्मेदवारी घोषणा

युग संवाददाता     102 पटक पढिएको    

कांग्रेस  कैलालीको सभापतिमा बमको उम्मेदवारी घोषणा

धनगढी कार्तिक २२ कैलाली कांग्रेसका नेता तथा बर्तमान उपसभापति प्रकाश बमले सभापतिको उम्मेदवारी घोषणा गरेका छन । धनगढीमा आयोजित पत्रकारहरुसंग कुरा गर्दै नेता बमले आफुले कैलाली जिल्लाको सभापति पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन । नेपाली कांग्रेसको १४ औं अधिबेशनका हुने भएकाले आफुले सभापति पदमा उम्मेद्धारी दिएको नेता बमले बताए । 


पार्टीका लागि आफ्नो जिवनको झन्डै तीन तिहाई समय खर्चेको बताउदै नेता बमले आफुलाई मत दिई जिताउन सम्पुर्ण मतदाताहरुलाई आग्रह गरेका छन । पार्टी भित्र रहेको गुट उपगुटका कारण नेपाली कांग्रेस प्रती आम कार्यकर्ताको चाहना घट्दै गैरहेको अवस्थामा आफू सभापति भएर आएपछि ती सबै समस्या समाधान गर्ने नेता बमले बताए । 

प्रशिक्षण कार्यक्रम होस अथवा अन्य समयमा कैलाली जिल्लाका सम्पुर्ण वडाहरुको भ्रमण गरिसकेको बताउदै नेता बमले ती सबै वडाबाट आफ्नालागी सहमति समेत भैसकेको बताए ।  पटकपटक सरेको कांग्रेसको अधिबेशनका लागि कैलालीमा यहि कार्तिक २७ गतेको मिति तय भएको छ । तर उक्त मितिमा समेत अधिबेशन हुनेमा आशंका गरिएको छ 



मङ्गलबार २३, कार्तिक २०७८ ११:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.