सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

युग संवाददाता     569 पटक पढिएको    

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

 

कञ्चनपुर असोज ५ । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् ।

नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।

पक्राउ गरेर ती व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।



मङ्गलबार ०५, असोज २०७८ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.