दल रोज्ने समय सकिंदैः तानातानमा प्रदेश सांसद र जनप्रतिनिधि

युग संवाददाता     966 पटक पढिएको    

दल रोज्ने समय सकिंदैः तानातानमा प्रदेश सांसद र जनप्रतिनिधि

 


हाम्रा कुराबाट


काठमाडौं   भदौ २२ । राजनीतिक दल विभाजन सम्वन्धि अध्यादेश अनुसार निर्वाचन आयोगले प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई दल रोज्न दिएको समय सीमा आज मंगलबार सकिंदैछ । सरकारले विभाजित बनेका दलका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न २१ दिनको समय दिने गरी अध्यादेश ल्याएको थियो ।

त्यसपछि आयोगले फुटेका दलका प्रदेश सांसद र जनप्रतिनिधिलाई दल रोज्न २ भदौदेखि २२ भदौसम्मको समय दिएको थियो । ‘दल रोज्ने समय आज अन्तिम हो, ५ बजेसम्म समय कायम छ, बेलुकासम्म कति जना कता भन्ने आउला, अहिले सनाखत जारी छ,’ निर्वाचन आयोगका एक आयुक्तले भने ।

आयोगले दिएको समय सीमाभित्र दल रोज्ने जनप्रतिनिधिको पद भने कायम रहनेछ भने जुन दल रोज्यो उही दलको प्रतिनिधि मानिनेछ । आज नै अन्तिम समय सीमा भउका कारण पनि आआफ्नो पक्षमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई तान्नका लागि केन्द्रदेखि जिल्लासम्मका नेताहरु जिल्लामा खटिएका छन् ।

अध्यादेशअनुसार एमाले र जसपा गरी दुई दल विभाजित बनेका छन् । ती दल फुटेर नेकपा एकिकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै दललाई निर्वाचन आयोगले दल दर्ताका लागि दिएको निवेदनअनुसार ९ भदौमा दलको मान्यता दिँदै प्रमाणपत्र दिएको थियो ।

नयाँ दल रोज्नलाई आयोगले प्रदेश सदस्यलाई सात वटै प्रदेशमा रहेका प्रदेश निर्वाचन कार्यालय र जनप्रतिनिधिलाई जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखतका लागि बोलाएको थियो ।



मङ्गलबार २२, भदौ २०७८ ०२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.