देउवा, पौडेल र सिटौला छलफलमा

युग संवाददाता     518 पटक पढिएको    

देउवा, पौडेल र सिटौला छलफलमा


काठमाडौँ  साउन २०। पार्टीको क्रियाशील सदस्यताको विषयमा देखिएको विवादको समाधानका लागि प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता छलफलमा बस्दै छन् । 

काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री देउवा, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला क्रियाशील सदस्यतामाथिको विवादको समाधानका लागि छलफलमा बस्न लागेका हुन् । ती नेताहरू बिच २ बजे बुढानीलकण्ठमा छलफल सुरु हुनेछ । 

काँग्रेसले बनाएको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताको प्रतिवेदन विवादलाई यथावत् राखेर पदाधिकारी बैठककै बिचमा शीर्ष नेतृत्वलाई बुझाएको थियो ।
 
प्रतिवेदन अनुसार बारा र सप्तरीका नयाँ सदस्यतामा जिल्लाभर विवाद छ । यस्तै धनुषा ४, सर्लाही २ र रसुवा र सिन्धुपाल्चोकका केही नयाँ सदस्यतामाथि पनि विवाद छ । यस्तै अन्य दलबाट आएर सदस्यता दिएकाहरूका विषयमा पनि यी जिल्लामा विवाद कायम छन् । ती जिल्ला र क्षेत्रका विवादलाई शीर्ष तहबाट टुङ्गाउन तीन नेता छलफलमा बस्न लागेका हुन् । शीर्ष नेताहरूलाई विवाद समाधानका लागि पाँच दिनको समय दिइएको थियो ।

पौडेल समूहको मङ्गलवार बसेको बैठकले भने विवादित स्थानका नयाँ सदस्यतालाई स्थगित राखेर १३औँ महाधिवेशनमा कायम पुराना सदस्यहरूबाट नै अधिवेशन गरिनु पर्ने निष्कर्ष निकालेको थियो ।



बुधबार २०, साउन २०७८ ०२:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.