दार्चुला घटना प्रकरणः दोषिलाई कारवाही नगरे २२ दलद्धारा आन्दोलन गर्ने चेतावनी

युग संवाददाता     627 पटक पढिएको    

दार्चुला घटना प्रकरणः दोषिलाई कारवाही नगरे २२ दलद्धारा आन्दोलन गर्ने चेतावनी
फोटो फायल

 


दार्चुल साउन १७  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छ।

गठबन्धनले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी यो घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरिएको छ। अन्यथा सडक सङ्घर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने विज्ञप्तिमा उल्लेख गरिएको छ।

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

यो तथ्यलाई प्रत्यक्षदर्शीहरुको भनाइले पुष्टि गरेको तर, भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटना झन् पेचिलो र जटिल बन्दै गएको उल्लेख गरिएको छ।

विज्ञप्ति जारी गर्नेमा नेकपा ९मसाल०, नेकपा ९क्रान्तिकारी माओवादी, नेकपा माले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी, नेकपा माओवादी मोर्चा, राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा  संयुक्तm राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा बोल्शेविक, एमसीसी। खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी माओवादी मार्क्सवादी एकता अभियान , नेकपा ९मार्क्सवादी २१,नेकपा मार्क्सवादी पुष्पलाल र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन्।

व्याँस गाउँपालिकाद्धारा दोषिलाई कारवाही पीडितलाई न्यायको माग


दार्चुलाको व्याँस गाउँपालिकाले पनि दोषिलाई कारवाही र पीडितलाई न्यायको माग गरेको छ। आईतवार गाउापालिकाले एक विज्ञप्ति प्रकाशित गर्दै उक्त अपराधिक घटनामा संलग्न भारतीय अधिकारीलाई कानूनी कारवाहीका लागि पहल गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको उल्लेख छ।


घटना यस्तो थियो

व्यास गाउँपालिका–२ मालका जयसिंह धामीसहित ७ जना शुक्रबार दार्चुला सदरमुकाम खलंगा जान मालघाट पुगेका थिए। उनीहरु मालघाटबाट तुइनमार्फत महाकाली नदी तरेर खलंगा बजारसम्मको गन्तव्य तय गरेका थिए।

वृद्धभत्ता ल्याउन सदरमुकाम जान हिँडेका मनिरामसिंह धामी, गौरसिंह धामी र आमाको भत्ता लिन गएका अमरसिंह मालघाट पुगेका थिए। विदेश जाने तयारीमा रहेका जयसिंह धामी, विक्रम रंकली र अमता धामी पनि तुइनसम्म पुगेका थिए।

मालघाटमा तुइन सञ्चालन गर्दै आएका तुइन सञ्चालक कल्याण धामीका अनुसार उनीसंगै स्थानीय बहादुरसिंह धामी पनि थिए। ‘एकरएक गरी उनीहरू तुइन तर्न सुरू गरे। भत्ता लिन जाने तीन जना महाकाली तरिसकेका थिए । काठमाडौं जाने हिडेका दुई जना वारि नै थिए’ तुइन सञ्चालक कल्याण धामीले भने, ‘जयसिंह धामी डेढ मिनेट जति तुइन तानेर पारी पुग्नै लागेका थिए। त्यही बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका जवान हतियारसहित पुगे। उनीहरूले रूखमा बाँधेको तार खोले। तार फुत्केर आयो। तारसँग लड्पडिएर जयसिंह महाकालीमा खसे।’

जयसिंहलाई महाकालीको छेउबाट बगेको मैले देखे तुइन सञ्चालक कल्याण धामीले भने, ‘उनलाई पौडी खेल्न आएन। तलसम्म बगेको देख्यौं। पौडी खेल भनेर सिटी मा¥यौं। २० मिटर तल पुगेपछि उनी डुबे।’

बि।स। ०७४र०७५ मा तुइन भएको मालघाटमा पुल बनाउन नेपाल सरकारको तर्फबाट सहमति भएको थियो। सोका लागि ठेक्का सम्झौता पनि भएको थियो । पुल निर्माणको काम सुरू पनि भएको थियो । तर, ठेकदारले अझै बनाइ नसकेको स्थानीयहरुको भनाई छ।



सोमबार १८, साउन २०७८ ०१:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.