बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

Yugnepal     501 पटक पढिएको    

बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड


काठमाडौं साउन १४ प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। विश्व बाघ दिवसका अवसरमा ललितपुरमा विहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थानको सुरक्षा, चोरी निकासी, गैरकानूनी व्यापार नियन्त्रणका लागि ध्यान दिनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री देउवाले वन्यजन्तु मैत्री पूर्वाधार निमार्णमा सरकार प्रतिबद्ध रहेको धारणा पनि राखे। त्यस्तै उनले विश्वका बिभिन्न देशबाट बाघ हेर्न मानिसहरू आउने भएकोले पर्यटन प्रबद्र्धनमा पनि बाघको महत्वपूर्ण भूमिका रहेको बताए।

बाघलाई संरक्षण गर्न सके नेपालमा पर्यटक वृद्धि हुने र स्थानीयले रोजगार समेत पाउने प्रधानमन्त्री देउवाकोे भनाइ छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए।

नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुझाव दिए।

त्यस्तै पूर्वमन्त्री दीपक बोहोराले नेपालको बाघ संरक्षणका लागि यसअघि भएका प्रयासहरुलाई निरन्तरता दिनुपर्ने बताए।



बिहिबार १४, साउन २०७८ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.