सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई कोरोना विरुद्धको खोप

युग संवाददाता     542 पटक पढिएको    

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई कोरोना विरुद्धको खोप


काठमाडौं साउन ४ । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको पहिलोे प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताएका छन् ।

आइतबार विहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गर्दै प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि दिएका छन् ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै कोरोना विरुद्धको खोप पहिलो प्राथमिकता भएको बताएका देउवाले आइतबार साँझ प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नेक्रममा पनि सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता पनि खोप भएको बताएका थिए ।

प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री देउवाले अहिलेलाई विकासभन्दा पनि नागरिकको जीवनरक्षा महत्वपूर्ण भएको बताएका थिए । 



सोमबार ०४, साउन २०७८ ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.