नेपालसँग जोडिएका चीनतर्फका सीमास्तम्भको स्थलगत अध्ययन

युग संवाददाता     1217 पटक पढिएको    

नेपालसँग जोडिएका चीनतर्फका सीमास्तम्भको स्थलगत अध्ययन

जनक शाही हाम्राकुराबाट 
 


हुम्ला   चैत १७  । नेपालसँग सीमा जोडिएका उत्तरी छिमेकी चीनतर्फको सीमास्तम्भको स्थलगत रुपमा अध्ययन हुने भएको छ । चीनसँग सिमा जोडिएका दार्चुला, बझाङ, हुम्ला, मुगु र डोल्पा जिल्लामा पर्ने चीनतर्फका सीमा स्तम्भहरुको अध्ययन हुने भएको हो । 

नेपाल सरकारका सहसचिव स्तरीय टोलीले चीनसँगका सिमा स्तम्भहरुको अनुगमन तथा अध्ययन गर्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । 

टोलीले अनुगमन गर्ने  सीमा स्तम्भमा दार्चुला जिल्लाको सीमा स्तम्भ १, बझाङको २, हुम्लाको ३ र १२, मुगुको १३ र डोल्पा जिल्लाको १४ र १५ नम्बर रहेका छन् । 

२०७८ साल जेठ १८ देखि असार १ गतेसम्म सबै जिल्लामा रहेका सीमास्तम्भको उच्चस्तरीय टोलीले स्थलगत रुपमा अध्ययन तथा अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।  

पछिल्लो समय चीनले हुम्ला खण्डको लाप्चामा पर्ने १२ नम्बर सीमा स्तम्भलाई एकतर्फी रुपमा मर्मत गरेको भन्दै हुम्लाका स्थानीयले विरोध जनाउँदै आएका छन् । 

यी सीमास्तम्भको दुवै देशका सीमा विज्ञसहितको टोली खटाएर अध्ययन गर्न हुम्लाका स्थानीयले नेपाल सरकारसंग माग गरेका छन् । 



मङ्गलबार १७, चैत २०७७ १२:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.