अज्ञात समूहद्वारा सांसद सिंहको गाडीमा आगजनी

युग संवाददाता     801 पटक पढिएको    

अज्ञात समूहद्वारा सांसद सिंहको गाडीमा आगजनी
फायल फोटो

 

लोकेन्द्र विश्वकर्मा
जाजरकोट । कर्णाली  प्रदेश सांसद एवं प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगलागी भएको छ । बिहीबार कार्यक्रममा हिँडेका सांसद सिंहको ०२०० १ झ ००४० नम्बरको सरकारी गाडी, भेरी नगरपालिका–७ पुन्ममा राति अज्ञातद्वारा आगजनी गरेको  प्रहरीले जनाएको छ । 


सांसद सिंह र जाजरकोट नेकपाका अध्यक्ष ढकवीर राना वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घरमा बेलुका नै पुगेका थिए । अध्यक्ष शाहीको घरमा गाडी नपुग्ने भएपछि अलि बाहिर पार्किङ्ग गरेको गाडी अज्ञात समूहबाट आगलागी भएको प्रहरी नायब उपरिक्षक किशोर कुमार श्रेष्ठ बताए । 


उनले भने, ‘अज्ञात व्यक्ति समुह पत्ता लाग्न सकेको छैन । प्रहरीले कडा अनुसन्धान सुरु गरेको छ ।’



शुक्रबार १७, पुष २०७७ १२:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.