किशोरी करणीको अभियोगमा सापकोटालाई सात वर्ष कैद

युग संवाददाता     1115 पटक पढिएको    

गलकोट । उन्नाइस वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका-५ का ४० वर्षीय भरत सापकोटालाई सात वर्ष कैद सजायको फैसला सुनाइएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले बलात्कार कसूर ठहर गर्दै सापकोटालाई सात वर्ष कैदसहित नगद क्षतिपूर्तिको फैसला सुनाइएको हो ।

अदालतले पीडितलाई रु एक लाख क्षतिपूर्ति र रु एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए ।

युवतीलाई सापकोटाले गत साउन १६ र १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई सोही दिन पक्राउ गरेको थियो ।



बुधबार ११, चैत २०७७ ०१:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.