अछाममा मोबाइल पड्किँदा किशोरीको मृत्यु

युग संवाददाता     599 पटक पढिएको    

 


रासस
१० चैत, डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका(१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।


मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज ९मंगलबार० मृत्यु भएको प्रहरीले जनाएको छ ।



मङ्गलबार १०, चैत २०७७ १२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.