किशोरी बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

युग संवाददाता     1238 पटक पढिएको    

किशोरी बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

 

रासस
    भक्तपुर  फागुन २४। फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ । 

उदयपुर गाईघाटकी पीडित १७ वर्षीय किशोरीलाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याएर जबर्जस्ती करणी गरेको भन्दै २१ गते जाहेरी दिएपछि प्रहरीले चौधरीलाई कौशल्टारस्थित कोठाबाट पक्राउ गरेको हो ।


चौधरीलाई बलात्कार अभियोगमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले आज उनीमाथि भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही अगाडि बढाएको छ ।



बिहिबार २७, फागुन २०७७ ०८:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.