‘सरकारको खेलमा भन्दा पार्टीका पक्षमा माहोल बनाउन लागौं देउवा

युग संवाददाता     816 पटक पढिएको    

‘सरकारको खेलमा भन्दा पार्टीका पक्षमा माहोल बनाउन लागौं   देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जाने खेलमा लाग्नु भन्दा आगामी निर्वाचनका लागि माहोल बनाउने गरी लाग्नुपर्ने बताएका छन् ।

बुधबार पार्टी निकट आदीवासी जनजाती संगठनका अगुवा नेताहरुसँग आफ्नै निवासमा भएको भेटमा कांग्रेस सभापति देउवाले आउँदो निर्वाचनमा पार्टीको माहोल राम्रो हुने गरी सोच्नुपर्ने बताए ।


‘अहिले संसदमा विश्वास अविश्वासको खेलमा लाग्ने समय होइन, त्यो खेलमा लाग्नु भन्दा आगामी चुनावमा बहुमत ल्याउने तर्फ लाग्नु पर्छ,’ देउवाले भने ।

उनले मक्युनिष्टहरुको कुनै पनि भरोसा नहुने भन्दै आज प्रधानमन्त्री बनेर एक दुई महिनामा नै अविश्वासको मतको सामना गर्नु भन्दा त्यो खेलमा नलाग्नु नै ठीक हुने बताएका हुन् ।

सो क्रममा देउवाले अब आफ्नो ध्यान पार्टीको महाधिवेशनमा केन्द्रत हुनेसमेत भनेका छन् । देउवाले आफू पुनः एक पटक सभापति पदमा उठ्ने भन्दै सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।



बुधबार २६, फागुन २०७७ ०६:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.