आगलागी घटनामा विद्युत सर्टसर्किट प्रमुख कारक बन्दै

युग संवाददाता     869 पटक पढिएको    

आगलागी घटनामा विद्युत सर्टसर्किट प्रमुख कारक बन्दै


 
 धनगढी  -  थोरै दमकल, धेरै क्षेत्र धनगढी उपमहानगरपालिकामा दुई वटा दमकल रहेका छन् । कैलालीकोे गौरिगंगा नगरपालिकादेखि कैलारी गाउ“पालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाका कुनै पनि स्थानमा आगलागी भएमा धनगढी उपमहानगरपालिकाबाटै दमकल परिचालन गर्नुपर्ने हुन्छ ।

धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले भनिन– धनगढी र छिमेकी स्थानीय तहमा आगलागी भएमा यहीबाट दमकल परिचालन गर्नुपर्नेहुन्छ । यसले गर्दा पनि कहिलेका“ही एकैचोटी दुई÷तीन ठाउ“ आगलागी भए दमकलले भ्याउन सक्दैन ।

धनगढीमा पनि कुनै क्षेत्रमा आगलागी घटना भए छिमेकी स्थानीय तहको सहयोग माग्नुपर्ने अवस्था रहेको छ । शनिबार दिउ“सो झण्डै १२ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित आलोक मल्टी कन्सर्नमा आगलागी हु“दा उपमहानगरपालिकाले गोदावरी र पुनर्वास नगरपालिकाको दमकल मगाएको थियो । धनगढीका दुई वटा दमकलले पनि आगो नियन्त्रण गर्न नसकेपछि थप दुई स्थानबाट दमकल मगाएको थियो ।

उपप्रमुख भट्टले भनिन– हामीले विपदबाट क्षति हुन नदिन कोशिस गरिरहेका छौ ।

 
२०७५ कार्तिक ५ गते रातीको समयमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित गणेश लक्ष्मी इन्टरप्राइजेजको गोदाममा आगलागी भयो । एक्कासी दिउ“सो करिब पौने चार बजे विद्युत सर्टकै कारण गोदाममा आगलागी भएको थियो । सो सयममा गोदाममा लागेको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाकाको दमकलको सहयोगले एक घण्टा पछि नियन्त्रणमा आएको थियो ।

२०७७ असोज १६ गते गोदावरी नगरपालिकाको गेटामा चार पसलमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हु“दा एक होटल र तीन किराना पसलमा क्षती भएको थियो ।

कैलाली प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले विशेषत पछिल्लो समय विद्युत सर्टकै कारण बढी आगलागी भइरहेको पाइएको बताए । उनले भान्सा र बारीमा लगाइएको आ“गोले पनि आगलागी हुने गरेको बताए ।

उनले भने– गाउ“घरतिर टुंकी, मैनबत्ति र विद्युत सर्टले आगलागी भइरहेका छन् भने शहरी क्षेत्रमा प्रायः विद्युत सर्टनै प्रमुख कारण बनेको छ ।’ उनले बच्चाहरूले सलाई लाइटर जस्ता बस्तु खेलाउने, खेतमा आगो लगाउ“ने क्रममा घर, बस्ती र जंगलमा आगो लाग्ने गरेको बताए । उनका अनुसार सानो गल्तीको कारण छोटो समयमा ठुलो धनजनको क्षति हुने गरेको छ ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख भट्टले सुुख्खा तथा हावाहुुरीको मौसम शुरु भएदेखिनै आगलागी घटना बढ्न सक्ने बताइन । उनले भनिन– दमकलभन्दा पनि आम सर्वसाधारणहरूले पनि पूर्व सावधानी अपनाउनुपर्छ ।’ उनले सबैले अगालागिबाट जोगिन प्रारम्भिक चरणमै तयार हुनुपर्ने बताइन ।

उनले भनिन– अहिले आगलागीबाट जोगाउन विभिन्न सुरक्षा सामाग्री रहेका छन् । यस्ता कुरा सबैले घर, पसलमा तयारी अवस्थामा राख्नुपर्छ ।’ उनले आगलागीका ९० प्रतिशतभन्दा बढी घटना मानिसका असावधानीकै कारण हुने गरेको बताइन ।

उनले खाना पकाउन वा आवशयक काममा आगोको प्रयोग होसियारीका साथ गर्नुपर्ने, केटाकेटीलाई आगो प्रयोग गर्नबाट रोक्नुपर्ने, सलाइ, लाइटर, मट्टीतेल, पेट्रोल, डिजेलजस्ता आगोले सजिलै सल्किने वस्तु सुरक्षित राख्ने र बालबालिकाले नभेट्ने गरी राख्नुपर्ने बताइन ।



आइतबार २३, फागुन २०७७ ११:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.