विप्लवलाई हाम्रो पार्टीमा स्वागत गर्न प्रतिक्षामा छु  प्रचण्ड

युग संवाददाता     1045 पटक पढिएको    

विप्लवलाई हाम्रो पार्टीमा स्वागत गर्न प्रतिक्षामा छु  प्रचण्ड

 

हाम्रा कुराबाट

काठमाडौं फाल्गुण २२ । नेपाल कम्युनिष्ट पार्टी  नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव शान्तिपूर्ण राजनीतिमा आएकोमा बधाइ दिएका छन् ।


शनिबार पार्टी समायोजना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले कोरेको गोरेटोमा आएको भन्दै बधाई दिएका हुन् ।


‘अन्ततः हाम्रो पार्टीकै बाटोमा आइपुग्नु भएको छ। मैंले कोरेकै गोरेटोमा आईपुग्नु भएको छ’, उनले भने, ‘यसर्थ विप्लवलाई धन्यवाद भन्न चाहान्छु ।

कार्यक्रममा उनले अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको पनि सुनाए । प्रचण्डले भने, ‘अन्ततः यही ठाउँमा, यही टिममा आउनैपर्छ । मैंले उहाँलाई धेरै पहिले पनि भनेको थिएँ।’



शनिबार २२, फागुन २०७७ ०५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.