फर्निचरमा आगलागी करिब ५ करोड बराबरको क्षति

युग संवाददाता     716 पटक पढिएको    

फर्निचरमा आगलागी  करिब ५ करोड बराबरको क्षति


धनगढी  फाल्गुन २२   धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भएको आगलागी २ घण्टापछि नियन्त्रणमा आएको छ। 

आलोक मल्टी कन्सर्न प्रालिमा लागेको आगो धनगढी उपमहानगरपालिकाका २ वटा दमकल, गोदावरी नगरपालिकाको एउटा दमकल, एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए। 

आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्। प्रहरीले क्षतिको विवरण खुलाउन बाँकी छ। 

आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

फर्निचर उद्योगसँगै रहेको शोरुममा दिउँसो करिब १२ बजेतिर आगलागी भएको थियो। 



शनिबार २२, फागुन २०७७ ०४:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.