घोडाघोडीमा भेटियो लोपोन्मुख सालक

युग संवाददाता     775 पटक पढिएको    

घोडाघोडीमा भेटियो लोपोन्मुख सालक


धनगढी  फाल्गुन २२ घोडाघोडीमा लोपोन्मुख सालक फेला परेको छ । घोडाघोडी नगरपालिका ५ डोडा नदीबाट लोपोन्मुख सालक फेला परेको हो ।

    
शुक्रवार राति डोडा नदीबाट गाउँ पस्दै गरेको अवस्थामा स्थानीयहरूले सालकलाई देखेका थिए । शुक्रवार  राति नै वनकर्मीको टोलीले सालकको उद्धार गरेको  सब डिभिजन वन कार्यालय सुखडका प्रमुख समीर थापाले जानकारी दिए । 
 
शुक्रवार  राति नै सालकलाई उद्धार गरी सब डिभिजन वन कार्यालय सुखडमा राखिएको छ । सालक भेटिएपछि शनिबार बिहानै सब डिभिजन वन कार्यालय सुखडमा हेर्ने मान्छेको भीड लागेको छ ।

दुर्लभ सालकलाई उद्धार गरेर उसकै प्राकृतिक वासस्थान छोड्ने तयारी भइरहेको बताईएको छ । सालक बसन्ता वनबाट गाउँसम्म आएको हुन सक्ने बताइएको छ ।  



शनिबार २२, फागुन २०७७ ११:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.