काँग्रेसलाई सरकारमा जान हतारो छैन  लेखक

युग संवाददाता     851 पटक पढिएको    

काँग्रेसलाई सरकारमा जान हतारो छैन  लेखक


धनगढी । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले तत्काल काँग्रेसलाई सरकारमा जान हतारो नभएको बताएका छन् ।
बिहीबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्री लेखकले अहिले सम्म नेकपा नै सरकार सञ्चालन गर्ने हैसियतमा रहेको बताए ।
‘अहिले नेकपाको करिब दुई तिहाइ छ । हामी सरकारमा जान आवश्यक छैन’ उनले भने, ‘काँग्रेसलाई तत्काल सरकारमा जान हतार छैन ।’
आवश्यक परेको अवस्थामा सरकारमा सामेल हुन पनि सकिने उनले बताए ।
‘जानै पर्ने अवस्था सृजना भयो भने हामी जान पनि सक्छौँ तर, अहिले त्यस्तो अवस्था छैन’ उनले भने ।
क्रियाशील सदस्यता वितरण छानबिन समितिका संयोजक समेत रहेका लेखकले बिप्लब समूहसँग सरकारले गरेको वार्ता सकारात्मक रहेको बताए ।



बिहिबार २०, फागुन २०७७ ०७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.