एक दिने अभिमुखीकरण तालीम सम्पन्न

युग संवाददाता     1042 पटक पढिएको    

एक दिने अभिमुखीकरण तालीम सम्पन्न

धनगढी फागुन १६   ।  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जुरी नेपालको संयुक्त आयोजनामा  अपांगताका क्षेत्रमा क्रियाशिल संघ संस्था समुहरुका  लागी एक दिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ । कार्यक्रम  विगतमा अपांगता क्षेत्रमा कामगर्ने संघ संस्थाहरुको क्षेमता विकास दुईदिने तालीमको पुन ताजगी गराउने उद्देश्य रहेको छ । अथिति जुरी नेपालका कार्यकारी निर्देशक मोहनलाल आचार्य परियोजना व्यवस्थापक अनिता भूजेल र वेदव्यास लामिछाने सहभागिता रहेको थियो ।
 राष्टय अपांग महासंघका महासचिव राजु बस्नेत प्रशिक्षक  जुरी नेपालका कार्यक्रम व्यवस्थाप अनिता भूजेलले उद्देश्य माथि प्रकास पार्नु भएको थियो ।  तालीममा ३० जनाको सहभागिता थियो ।  कैलारी गाँउपालिका धनगढी उपमहानगरपालिका अपांगताका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको कार्यक्रममा  सामाजिक विकास अधिकृत लिला नेपालीले संचालन र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ अध्यक्ष चक्र विकले कायक्रमको समापन  गरेका थिए । 



सोमबार १७, फागुन २०७७ ०३:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.