थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलनको तयारी पुरा

युग संवाददाता     979 पटक पढिएको    

थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलनको तयारी पुरा

 

हसुलिया, १३ फागुन । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलन’ को तयारी पुरा भएको छ ।
मोर्चाले बिहीबार हसुलियामा पत्रकार सम्मेलन गरि यही फागुन १५ र १६ गते हसुलियामा हुने थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलनको तयारी ९० प्रतिशत पुरा भएको जानकारी दिइएको छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले विशेष राष्ट्रि«य सम्मेलनको तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले फागुन १४ गतेसम्म सम्पूर्ण तयारी पुरा हने बताए ।
सम्मेलनको मुख्य उद्देश्य राज्यबाट निरन्तर दमन खेपी रहेका आदिवासी जानजाति थारु लगायत दलित, खसान, तमुवांग मगरात सम्पुर्ण पहिचानबादीहरुको हक अधिकारका लागि सम्मेलन मार्फत नै विद्रोह गर्ने चेतावनी संयोजक थारुले बताए । सम्मेलनमा ५० हजार भन्दा बढी मास उतार्ने मोर्चाको रहेको छ ।
मोर्चाका प्रवक्ता मीन थारुले अबको आन्दोलन प्रतिरोधात्मक र प्रतिकात्म हुने बताए । प्रवक्ता थारुले भने ‘आन्दोलन अब प्रतिरोधात्मक र प्रतिकात्मक हुन्छ। सरकारलाई असहयोग हुन्छ । सरकारलाई असफल बनाउँछौ । अन्तिम विद्रोहको तयारी नै हो ।’
आन्दोलनरत मोर्चाले टीकापुर घटनालाई छानविन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनलाई आधार बनाएर राजनीतिक घटनाको रुपमा सम्बोधन हुनुपर्ने र कैद सजाय सुनाइएको नेता तथा कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग गर्दै आएको छ ।
गत पुस २ गते उच्च अदालत दिपायलले यसअघि जिल्ला अदालत कैलालीको फैसलालाई उल्ट्याउँदै मोर्चाका केन्द्रीय संयोजक लक्ष्मणसहितलाई जन्मकैद फैसला सुनाएको थियो। सो फैसला विरुद्ध मोर्चा विरोधमा उत्रिएको छ।
सम्मेलनमा सम्पूर्ण राजनीतिक दलबाट नेता तथा प्रतिनिधि, मानव अधिकारकर्मी, सांसद बुद्धिजीविहरु लगायतको सहभागिता हुने गराई हरेक पार्टी भित्र थारुप्रतिको बुझाईबारे बृहत छलफल गरि निश्कर्ष निकाल्ने जनाएको छ ।
१६ गतेको बन्द शत्रमा दलित, खसान, तमुवांग मगरात लगायतको सम्पुर्ण पहिचानबादीहरु बिच छलफल हुने साथै छलफलमा पार्टीगत भन्दा माथि उठेर पहिचानको सवालमा केन्द्रीत हुने जनाइएको छ ।



बिहिबार १३, फागुन २०७७ ०५:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.