१७ वर्षको भयो फेसबुक, यस्ता छन् सफलताका तथ्यांक

युग संवाददाता     1734 पटक पढिएको    

१७ वर्षको भयो फेसबुक, यस्ता छन् सफलताका तथ्यांक

 


अनलाइनखबरबाट 
माघ २३ 


विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया प्लाटर्फम फेसबुक बिहीबार अर्थात् फेब्रुअरी ४ मा १७ वर्षको भएको छ । आफ्नो १७औँ जन्मोत्सवमा फेसबुकले मित्रता र समावेशी शब्द अंकित वर्डमार्कको एनिमेसनमार्फत् मित्रता दिवस मनाएको छ ।

उक्त एनिमेसनमा टाउकोमा स्कार्फ लगाएकी महिला र अर्को एकजना युवक बीच फेसबुकबाट विभिन्न खाले मित्रवत इमोजीयुक्त मेसेजहरु आदानप्रदान भैरहेको देखाइएको छ ।


त्जभ ँबअभदययप को नामबाट सन् २००४ को फेब्रुअरी ४ मा मार्क जुकरबर्ग र हार्वार्ड विश्वविद्यालयका अन्य चारजना साथीहरुले फेसबुकको स्थापना गरेका थिए । फेसबुक स्थापना गर्ने जुकरबर्गका साथीहरु इडुआर्डो साभेरिन, एन्ड्रू म्याककोलुम, डस्टिन मोस्कोभिच र क्रिस ह्यूग्स हुन् ।

स्थापनाकाल देखि नै लोकप्रियताको सिँढी चढेको फेसबुकले स्थापनाको डिसेम्बर महिना सम्ममा नै १० लाख सक्रिय प्रयोगकर्ता बटुल्न सफल भएको थियो ।
फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या सन् २०१२ को अक्टोबरमा आइपुग्दा १ अर्ब पुगेको थियो ।

सोही समयमा फेसबुकमा लाइक बटन, टाइमलाइन जस्ता फिचर थप हुनुका साथै कम्पनी स्टक मार्केटमा प्रवेश गरेको थियो ।

गत डिसेम्बर महिनामा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ८४ करोड पुग्यो । जुन गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

सोसल मिडियाको क्षेत्रमा आफ्नो साम्राज्य स्थापित गरिसकेको छ र वर्षेनी अर्बौँ डलर आम्दानी गर्दछ । संस्थापक मार्क जुकरबर्ग फेसबुककै कारण विश्वका टप फाइभ धनाढ्य बन्न सफल भएका छन् ।

फेसबुक अहिले केवल फेसबुकमा मात्र सिमित छैन । यो मेसेजिङ एप ह्वाट्सएप देखि फोटो शेयरिङ एप इन्स्टाग्राम लगायतका एपहरुको परिवारको रुपमा रहेको छ । १७ औँ वाषिर्कोत्सवका अवसरमा फेसबुक बारेका केही उल्लेख्य तथ्यहरु यस्ता छन् स्

१। हरेक महिना ३ अर्ब ३० करोड मानिसले फेसबुक तथा यस मातहतका मेसेजिङ एप गरी कम्तिमा एउटा एप चलाउँदछन् । जसमध्ये फेसबुकको मूख्य एपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ८० करोड छ ।

त्यस्तै ह्वाट्सएपका सक्रिय प्रयोगकर्ता २ अर्ब, मेसेन्जरका १ अर्ब ३० करोड, तथा इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब रहेको छ । त्यस्तै यी मध्ये कम्तिमा एकवटा एप दैनिकरुपमा चलाउने प्रयोगकर्ताको संख्या २ अर्ब ६० करोड छ ।

२। सन् २०१२ मा फेसबुकले इन्स्टाग्राम खरिद गरेको थियो । त्यतिबेला इन्स्टाग्राम खरीदका लागि फेसबुकले १ अर्ब डलर खर्चिएको थियो । त्यसको दुई वर्षपछि मार्क जुकरबर्गले ह्वाट्सएप खरीद गरे र त्यसका लागि १९ अर्ब डलर खर्चिए । फेसबुकले खरिद गर्नुअघि सन् २०१२ को अप्रिलमा इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ करोड थियो । उक्त संख्या सन् २०१८ को जनवरी सम्म आइपुग्दा १ अर्ब डलर पुगेको थियो।

त्यस्तै फेसबुकले खरीद गर्नुअघि सन् २०१४ को फेब्रुअरीमा ह्वाट्सएप प्रयोगकर्ताको संख्या ४५ करोड थियो । अहिले उक्त संख्या बढेर ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब नाघिसकेको छ ।

३। अहिलेको शीर्ष स्थानसम्म आइपुग्न फेसबुकले तय गरेको बाटो सजिलो भने पक्कै थिएन । पछिल्ला वर्षहरुमा फेसबुक विभिन्न खाले उल्लेखनीय काण्डहरुमा समेत फस्दै आएको छ ।

सन् २०१६ मा रुसले राजनीतिक प्रोपोगाण्डाका लागि फेसबुकको दुरुपयोग गर्यो । सन् २०१८ मा क्याम्ब्रिज एनालिटिका काण्डले पनि फेसबुकलाई नराम्रोसँग धक्का लाग्यो । गत वर्ष घृणाजन्य सामग्रीको विषयलाई लिएर विभिन्न विज्ञापनदाताले फेसबुक बहिष्कार गरे ।

साथै यो वर्ष फेसबुक तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत प्रतिबन्ध लगाउने तहसम्म पुग्नुपर्यो । तथापि यावत् धक्काहरुका बाबजुत वित्तिय रुपमा फेसबुक कम्पनीले प्रगति रोकिएन । सन् २०२० को चौथो त्रैमासिकमा फेसबुकको कूल आम्दानी २८ अर्ब १० करोड पुग्यो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशत बढि हो ।

नयाँ तथ्यांकअनुसार अहिले विश्वका कूल इन्टरनेट प्रयोगकर्तामध्ये आधाले फेसबुक चलाउँदछन् ।

एजेन्सीको सहयोगमा



शनिबार २४, माघ २०७७ ०६:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.