भ्रामक विज्ञापनहरुको बिगबिगी रोक्न गुगलको डण्डा, एक वर्षमा हटायो पौने ३ अर्ब विज्ञापन

Yugnepal     1878 पटक पढिएको    

भ्रामक विज्ञापनहरुको बिगबिगी रोक्न गुगलको डण्डा, एक वर्षमा हटायो पौने ३ अर्ब विज्ञापन

इन्टरनेटमा आउने गलत तथा भ्रामक विज्ञापनहरुको बिगबिगी रोक्नका लागि गुगलले महत्त्वपूर्ण कदम चालेको छ । यस क्रममा इन्टरनेट जाएन्ट गुगलले बितेको वर्ष सन् २०१९ मा मात्रै २ करोड ७० लाख विज्ञापनलाई गुगलको साइटबाट ब्लक गरेर हटाइदिएको छ ।

गलत तथा भ्रामक कुराहरु राखिएका त्यस्ता विज्ञापनहरु अर्थात् ब्याड एडहरुले गुगलको नीति उल्लंघन गरेको तथा आम मानिसहरुलाई दिग्भ्रमित पारी गलत फाइदा उठाउने सम्भावना रहेको ठहर गुगलको छ । वार्षिक रुपमा हटाएका विज्ञापनको कूल संख्यालाई आधार मान्दा गुगलले सन् २०१९ मा हरेक मिनेटमा औषतमा ५ हजारको दरले विज्ञापनहरु हटाएको देखिन्छ ।

यतिमात्र होइन, गुगलको विज्ञापन नीति उल्लंघन गर्ने झण्डै १० लाख विज्ञापनदाताहरुलाई समेत निलम्बन गरिएको गुगलले जनाएको छ ।

गुगलका अनुसार हाल विश्वमा कोरोना भाइरसको महामारी चलिरहेको बेलामा मास्कजस्ता अत्यावश्यकीय सामानहरुका बारेमा झुटा विज्ञापन दिएर ठगी गर्ने घटनामा वृद्धि भएको पाइएको छ ।

गुगलमा प्रकाशित हुने विज्ञापनहरुको विश्वसनीयता कायम गर्नका लागि आफूहरुले हरेक दिन नै नियमित रूपमा प्रयास गरिरहेको र गलत विज्ञापन दिएर ठगी गर्ने तथा दिग्भ्रमित पार्ने कार्यहरु रोक्नका लागि कडा कदम चाल्ने गरिएको गुगलले जनाएको छ ।

विज्ञापनदाता तथा विज्ञापन प्रकाशकहरुका लागि सुरक्षित वातावरण तयार गर्नुका साथै प्रयोगकर्ताहरुलाई गलत सूचना र ठगीबाट जोगाउनका लागि आफ्ना हजारौं कर्मचारीहरू दिनहुँ खटिरहेको गुगलको भनाइ छ ।

गुगलको प्रडक्ट म्यानेजमेन्ट तथा विज्ञापन सुरक्षा विभागका उपाध्यक्ष स्कट स्पेन्सरले लेखेको ब्लग पोष्ट अनुसार, सन् २०१९ मा गुगलको नीति उल्लंघन गर्ने १२ लाख अकाउन्टहरु हटाइएका छन् भने २ करोड १० लाख वेबपेजहरुबाट विज्ञापन हटाइएका छन् ।

एजेन्सी



बुधबार २४, बैशाख २०७७ ०८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.