कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाद्वारा ७७ वटै जिल्लामा प्रदर्शन

युग संवाददाता     770 पटक पढिएको    

कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाद्वारा ७७ वटै जिल्लामा प्रदर्शन

 

काठमाडौं । नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाले प्रतिनिधिसभा विघटनको विरुद्धमा टुँडिखेल घेराउ गरेका छन्। कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुभेच्छुक संस्थाहरूले काठमाडौँ उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका हुन्।


यसअघि कांग्रेसका भातृसङ्गठनहरुले प्रतिनिधिसभा विघटनको विरोधमा माघ १९ गते देशभर विरोध प्रदर्शन गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि देशभर यसको विरोधमा कांग्रेसले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन्।

शुभेच्छुक संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दुई तिहाइ बहुमतको सरकारले जनताको दैनिकीलाई सहज बनाएर कोभिड(१९ को भ्याक्सिन प्रबन्ध गर्नुपर्ने अवस्थामा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्दा मुलुकलाई ठुलो आर्थिक व्ययभार परेको निष्कर्ष निकालेका छन् ।

सरकार देशमा भएका समस्याहरुप्रति गैर जिम्मेवार र संवैधानिक र विधिको शासनप्रति संवेदनशील र उत्तरदायी नभएको उनीहरुको ठहर छ ।



शनिबार २४, माघ २०७७ ०५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.