लैगिक उत्तरदायी तथा समावेशी तालीम

युग संवाददाता     2196 पटक पढिएको    

लैगिक उत्तरदायी तथा समावेशी तालीम


धनगढी माघ  १३ स्थानीयतहका जनप्रतिनिधी र कर्मचारीहरुलाई दुई दिने लैगिक उत्तरदायी तथा समावेशी सुसासन तालीम धनगढीमा सुरुभएको छ ।  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा कैलाली र जुरी नेपालको संयुक्त आयोजनामा  मङंगलवार तालीम सुरु गरेको हो । तालीममा सहभागी महिला र पुरुष गरी २५ जना तालीममा सहभागी रहेका छन् । 
तालीमको उद्देश्य सहभागीहरुलाई विषयवस्तुमा ज्ञान सपि  क्षेमता  प्रदान गरी स्थानीयस्तरमा रहेका लैगिक विभेदकारी मुल्यमान्यता तथा प्रथाहरुको  अन्त्य गर्न स्थानीयतहका जनप्रतिनिधी र कर्मचारीहरुको भुमिकाबारे जानकारी दिई लैगिक उत्तरदायी स्थानीय सरकार निमार्णमा अग्रसर गराउने  र स्थानीयस्तरमा लैगिक उत्तरदायी समावेशी सुसासन लैगिक समानता कायम गर्ने  उद्देश्य रहेको छ । 

 निर्वाचित महिला जनप्रतिनिधीहरुको क्षेमता विकास र लैगिङ्घ उत्तरदायी तथा समावेशी स्थानीय सरकार प्रवद्र्धन परियोजना अन्तरगत कैलाली जिल्लाका ३ वटा  स्थानीयतह धनगढी उपमहानगरपालिका ,कैलारी गाउँपालीका र भजनी नगरपालिकामा यो परयोजना लागुभएको छ ।  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा कैलालीका अध्यक्ष चक्र विकको अध्यक्षता भएको कार्यक्रममा  संचालन सामुदायीक विकास अधिकृत लिला नेपालीले गरेको थियो  थियो  भने प्रमुख अतिथी धनगढी उपमहानगरपालिका नगर प्रमुख निर्प वहादुर वड रहेका थिए । 



बुधबार १४, माघ २०७७ १२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.