सुदूरपश्चिमका अभियान्ता हमालले गरे  नयाँ अभियानको सुरुवात

युग संवाददाता     1226 पटक पढिएको    

सुदूरपश्चिमका अभियान्ता  हमालले गरे  नयाँ अभियानको सुरुवात

 सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले गरे  नयाँ अभियानको सुरुवात
धनगढी पुस ८ /सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा व्यवसायी गोपाल हमालले नयाँ अभियानको सुरुवात गरेका छन् ।
विहिबार धनगढीमा पत्रकार सम्मेलन गरी निःशुल्क रुपमा महाप्रस्थान यान अर्थात शव वाहन सञ्चालनमा ल्याउने  बताएका छन्।

धनगढीमा पार्थिव शरीर शव बोक्ने वाहनको चरम अभाव र उपयुक्त बोक्ने वाहन नहुँदा शोकाकुल मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि अभियन्ता हमालले ‘महाप्रस्थान यान’को नाम दिएर सो वाहन सञ्चालनमा ल्याउने भएका हुन्।पार्थिव शरीरलाई सम्मानसहित दह संस्कारको लागि लैजान सो यानको व्यवस्था गर्न लागिएको हो।

 अभियन्ता हमालले चालु आर्थिक वर्ष २०७७र२०७८ भित्रै निःशुल्क रुपमा सो यान सञ्चालनमा ल्याउने जानकारी दिए।

लागत खर्च ३० लाख रुपैयाँ रहेको बताइएको छ। यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन समेत रहने अभियन्ता हमालले बताए।

साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न मिल्ने व्यवस्था गरिने भएको छ।

सो यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट र गोदावरी नदी आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ। जसको व्यवस्थापनको जिम्मेवारी धनगढीका समाजसेवी शिद्धराज पनेरुलाई दिइएको छ।



बिहिबार ०८, माघ २०७७ ०२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.