पेट्रोलको मूल्य प्रतिलिटर ११० रूपैयाँ पुग्यो

युग संवाददाता     728 पटक पढिएको    

पेट्रोलको मूल्य प्रतिलिटर ११० रूपैयाँ पुग्यो

 

काठमाडौं, माघ ६ – नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमट्टितेलको मूल्य वृद्धि गरेको छ । सोम रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेलरमट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र रु ९३ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।


मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर रु ४।३४, डिजेलमा प्रतिलिटर रु २।९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३४।७२ घाटा रहेको निगमले जनाएको छ । अर्धवार्षिकरुपमा निगमलाई रु ४९।८८ करोड घाटा हुने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।


हालको मूल्य समायोजनपश्चात् पनि भरतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर रु ३२।२६ र डिजेल प्रतिलिटर रु ३७।६४ ले नेपालतर्फ सस्तो रहेको पनि निगमले जनाएको छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक महिनाको १५र१५ दिनको अन्तरमा मूल्य समायोजन गर्दै आएको छ ।निगमले एलपी ग्यासको बिक्री मूल्य २०७६ माघ २० गतेदेखि लागू हुने गरी प्रतिसिलिन्डर रु एक हजार ३७५ कायम गरेको थियो । इन्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०२० प्राप्त मूल्यअनुसार मिति गत मङ्सिर २८ मा पेट्रोल तथा डिजेलरमट्टितेलमा साबिक मूल्यमा प्रतिलिटर क्रमशः रु एक र रु दुई ले वृद्धि गरी पेट्रोलको प्रतिलिटर रु १०८ र डिजेलरमट्टितेलको प्रतिलिटर रु ९१ कायम गरेको थियो ।


त्यसपछि आइओसीबाट १६ डिसेम्बर २०२० र १ जनवरी २०२१ मा प्राप्त खरीद मूल्यमा बढेर आएको तथा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार सो मितिमा मूल्य वृद्धि गर्नुपर्ने देखिएको भए तापनि मूल्यवृद्धि नगरिएको निगमले जनाएको छ । हाल १६ जनवरी २०२१ मा प्राप्त मूल्यअनुसार १ डिसेम्बर २०२० को तुलनामा मूल्यवृद्धि नगर्दा निगमलाई अर्धवार्षिक रु ६७।५५ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ ।



मङ्गलबार ०६, माघ २०७७ ०२:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.