विद्यार्थीले घोडाघोडीमा देखाए श्रम रोजगार मन्त्री चौधरीलाई कालोझण्डा

युग संवाददाता     609 पटक पढिएको    

विद्यार्थीले घोडाघोडीमा देखाए श्रम रोजगार मन्त्री चौधरीलाई कालोझण्डा

 

 सुखड ।
कैलालीको घोडाघोडी नगरपालिकाका १ सुखडमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कालोझण्डा देखाएको छ । अनेरास्ववीयू कैलालीले मन्त्री चौधरीलाई बिहान कालोझण्डा देखाएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूहको अनेरास्ववीयूका विद्यार्थीले कालोझण्डा देखाएका हुन् । अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत नै मन्त्री चौधरीलाई कालो झण्डा देखाइएको अनेरास्ववीयू कैलालीले जनाएको छ । संसद् विघटन भएपछि चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका हुन् । उनि कैलाली क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।



बिहिबार २३, पुष २०७७ १२:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.