संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक – गगन थापा

युग संवाददाता     579 पटक पढिएको    

संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक – गगन थापा

 

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले सरकारले गरेको संसद विघटनको प्रस्ताव असंवैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन् । 


सामाजिक संजाल ट्वीटरमार्फत थापाले भनेका छन्, ‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। नेपालका प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।’

थापाले अगाडि लेखेका छन्, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’



आइतबार ०५, पुष २०७७ १२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.