चार पटक म्याद थप  धुलाम्मे, हिलाम्मे हुलाकी सडक

युग संवाददाता     1152 पटक पढिएको    

चार पटक म्याद थप  धुलाम्मे, हिलाम्मे हुलाकी सडक


बेलौरी पुष - सडकभरी ग्राभेल र माटो भरिएको छ । हल्का सवारी साधन गुड्दा पनि सडकको धुलो घरभित्र पस्छ’ कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ का कैलाश साउद भन्छन््– वर्षायाभरी हिलाम्मे र गर्मीयाम र हिउ“दमा धुलाम्मे सडक हाम्रो नियति झैं बनेको छ । 
२०७३ सालमा कञ्चनपुरको पुनर्बास नगरपालिकाको डोकेबजारदेखि दैजीसम्म जोड्ने हुलाकी सडक आयोजना सुरु भएको थियो । सम्झौता अनुसार सो सडकखण्ड ३० महिनामा पुरा हुनुपर्ने थियो, तर सम्झौता भएको चार वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य पुरा भएको छैन । सडक निर्माणको जिम्मेवारी लिएका निर्माण कम्पनीहरूले समयमै निर्माण कार्य अघि नबढाउ“दा स्थानीय आक्रोसित छन् ।
निर्माण कम्पनीहरूको ढिलासुस्तीको विरोधमा स्थानीयले पोष्टरपर्चा टा“सेका छन् । स्थानीय खडक शाहको नेतृत्वमा केही दिनअघि स्थानीयले निमाृण कम्पनीहरूको तस्वीर सहितका पोष्टरहरू विद्युतको पोल, घरका भित्ता लगायतका स्थानमा टा“सेका थिए । पोष्टरमा लेखिएको छ– बुटावारीदेखि बेलडा“डीसम्मको हुलाकी सडक बनाउने ठेकेदार हराएको सूचना ।
खडकले भने– हामीले पटक–पटक सम्बन्धित निकायमा सो सडकखण्ड समयमै निर्माण गर्न माग गर्दा पनि कुनै सुनुवाई भएन । 
स्थानीय दिपेन्द्रबहादुर विष्टका अनुसार स्थानीयले नगरपालिकाको कार्यालय र हुलाकी सडक आयोजनाको कार्यालयका अधिकारी तथा प्रमुख जिल्ला अधिकारीलाई भेटेर समयमै सडक निर्माण कार्य पुरा गर्न गराउन ध्यानाकर्षण पत्र बुझाएका थिए । 
सो सडकखण्ड निर्माणको ठेक्कासम्झौता गरेको बाबा हंस सिद्धि शाही जेभीले अहिले सडकका छेउछाउमा गिट्टी र बालुवा जम्मा गरेको छ । बेलौरी बजारको मुख्य चौकदेखि छ सय मिटरमा आरसीसी ढलान गर्नुपर्नेमा सरिया मात्रै बिछ्याइएको छ । कतै नालाका लागि खनेर अलपत्र छोडिएको छ । 
दिपेन्द्रले भने– नालामात्र खनेर छोड्दा वर्षामा बालबालिकालाई जोखिम बढेको छ । अधुरै छोडेको आरसीसी र जथाभावी जहातही जम्मा गरिएका ढुङ्गा, बालुवाले सवारी साधनलाई गाह्रो हुने गरेको छ ।
स्थानीयका अनुसार केही महिनाअघि सोही सडकमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको थियो ।
स्थानीय खडकले भने– मंसिर १० गते नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझायौं । ११ गते नगरपालिकाले धुलो व्यवस्थापन गर्न भनेर निर्माण कम्पनीलाई परिपत्र ग¥यो, तर अहिलेसम्म धुलाम्मे सडकमा पानी हाल्ने काम गरिएको छैन ।
स्थानीय कैलाश साउद भन्छन्– धुलाम्मे सडकका कारण मेरी आमा तीन महिनादेखि बिरामी भएकी छन् । स्वास्थ्यकर्मीले सडकको धुलोका कारण आमालाई एलर्जी भएको भनेका छन् । 
स्थानीयले समयमै सो सडकखण्डको निर्माण कार्य पुरा गराउन दबावस्वरुप निर्माण कम्पनीहरूको पुत्ला जलाउने, सडक बन्द गर्ने लगायतका विरोध कार्यक्रम अघि बढाउने बताए । 
हुलाकी सडक आयोजनाका अनुसार कञ्चनपुरको बुटावारीदेखि बेलडा“डीसम्मको २० किलोमिटरको काम राम्ररी अघि बढ्न सकेको छैन । सो सडकको २०७३ साल फागुनमा ठेक्कासम्झौता गरिएको थियो । सो सडकको कुल बजेट ४१ करोड ४१ लाख ४९ हजार रुपैया“ रहेको छ । 
योजनाको समयावधी सकिए पनि प्रगति भन्ने उत्साहजनक रहेको छैन । हुलाकी सडक आयोजनाका इन्जिनियर मोहनचन्द्र हमालले सो सडकको ६५ प्रतिशत प्रगति भएको बताए । ठेकेदार बाहिरको मान्छे हो । दशैं तिहार मनाउन कम्पनीका कर्मचारीहरू घर गएका छन् । अहिलेसम्म फर्केका छैनन् । हामीले तुरुन्तै काम गर भनेर पत्र पठाएका छौं । व्यवसायी सम्पर्कमा आएको छैन’ उनले भने । 
सो योजनाको समयावधि मंसिर ७ गतेसम्म रहेको थियो ।
म्यादमात्र थप्दै
कञ्चपुरको डोकेबजारदेखि दैजीसम्मको तीन प्याकेजमा काम भइरहेको छ । डोकेबजारदेखि बुटावारी र बेल्डा“डीदेखि दैजीसम्मको सडक निर्माणको योजना शर्मा राजेन्द्र जेभीले सम्झौता गरेको छ ।
हुलाकी सडक आयोजना कार्यालयका एक कर्मचारीले भने– निर्माण कम्पनीहरूले समयमै काम गर्दैनन । विभागमा धाएर म्यादमाथि म्यादमात्रै थप्छन् । यसले गर्दा योजना प्रभावित भइरहेको छ ।
हुलाकी सडक आयोजनाका अनुसार २० किलोमिटर लामो डोकेबजारदेखि बुटावारीसम्मको योजनाको चार पटक म्याद थप भइसकेको छ । सो योजनामा ३६ करोड ४७ लाख ९९ हजार चार सय ७१ रुपैया“ बजेट रहेको छ । निर्माण कम्पनीले २०७३ फागुनमै सम्झौता गरे पनि समयमै काम सम्पन्न नगरेपछि म्याद थप गरेको थियो । 
आयोजना कार्यालयका अनुसार २०७५ चैतमा पहिलो पटक, २०७६ फागुनमा दोस्रो, २०७७ साउनमा तेस्रो र अहिले असोजमा म्याद थप गरिएको छ । सो म्याद अनुसार निर्माण कम्पनीले माघ २ गतेभित्र सम्पन्न गर्न समयावधि तोकिएको छ ।
त्यस्तै, बेलडा“डीदेखि दैजीसम्मको दुई पटक म्याद थप गरिएको छ । २४ किलोमिटर लामो सो सडकमा ३८ करोड ५७ लाख तीन हजार दुई सय ५८ रुपैया““ बजेट रहेको छ । निर्माण कम्पनीले पहिलो २०७६ माघमा म्याद थप गरेको थियो भने अहिले साउनमै म्याद सकिएपनि म्याद थप गरिएको छैन ।
यस्तै, बुटावारीदेखि बेलडा“डीसम्मको पनि दुई पटक म्याद थप गरिएको छ । २०७६ पुस र २०७६ फागुनमा म्याद थप गरिएको थियो । 


 



बिहिबार ०२, पुष २०७७ ०५:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.