आधा किलो सुनसहित दाजुबहिनी पक्राउ

Yugnepal     860 पटक पढिएको    

आधा किलो सुनसहित दाजुबहिनी पक्राउ

कपिलवस्तु, असोज १६  आधा किलोग्राम सुनसहित प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका ५ बनकछियाबाट दाजुबहिनीलाई पक्राउ गरिएको छ।

कपिलवस्तुबाट भारततर्फ लग्दै गरेको अवस्थामा ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको हो। उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरु कपिलवस्तुबाट लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। बरामद सुन र पक्राउ परेका दाजुबहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको छ।



शुक्रबार १६, असोज २०७७ १२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.