भाडा छुट गर्ने घरधनीलाई बहाल कर छुट

Yugnepal     993 पटक पढिएको    

भाडा छुट गर्ने घरधनीलाई बहाल कर छुट

 

धनगढी । धनगढी उपमहानगरपालिकाले नगरक्षेत्रका घरधनिहरुले लकडाउन अवधिको घरभाडा छुट दिएमा बहालकर छुट दिने निर्णय गरेको छ ।


नेपाल सरकारले लकडाउनको अवधिको घरभाडा छुट दिएको प्रमाण सहित कर तिर्न उपस्थित भएका घरधनिलाई दुई महिनाको बहाल कर छुट दिने निर्णय गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिका राजश्व शाखा प्रमुख लेखनाथ ओझाले बहालवालाहरुलाई समान मापदण्ड बनाएर लकडाउनको अवधिको घरभाडा छुट दिएका घरधनिलाई सो बहालकर छुट सुविधा दिइने बताए । ‘यसरी घरभाडामा छुट दिएको प्रमाण लिएर आएमा दुई महिनाको घर वहाल कर छुट हुने छ,’ उनले भने– यो प्रमाणलाई उपमहानगरपालिकाले क्रस चेक गर्ने छ । झुटो ठहरीएमा कार्वाही हुनेछ ।
नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि साउनसम्म कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको थियो ।
धनगढी उपमहानगरपालिकाले आफ्नो व्यापारिक भवनमा रहेका बहालवालाहरुलाई तीन महिनाको घरभाडामामा ५० प्रतिशत छुट दिएको थियो ।



बुधबार ३१, भदौ २०७७ ०५:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.