एकिकृत फोहर ब्यबस्थापन कार्यक्रममा लागि सम्झौता

युग संवाददाता     1062 पटक पढिएको    

एकिकृत फोहर ब्यबस्थापन कार्यक्रममा लागि सम्झौता


धनगढी,२२ भदौ
धनगढी उप–महानगरपालिका र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (जिआईजेड ) विच एकिकृत तथा दिगो फोहर ब्यबस्थापन कार्यक्रम संचालनका लागि सोमबार सम्झौता भएको छ ।
धनगढी उप–महानगरपालिकाका तर्फबाट प्रमुख नृपबहादुर वड र जिआईजेडका तर्फबाट तिर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । काठमाण्डौमा भएको सम्झौतामा जर्मन दुतावासमा विकास सहयोग प्रमुख डाक्टर स्टेफान रुसेक, जिआईजेड नेपालका राष्ट्रिय निर्देशक डाक्टर एल्क फोस्टर, बिभिन्न परियोजनाका प्रमुख प्राविधीक सल्लाहकारहरु , कर्मचारीहरुको उपस्थीति रहेको थियो ।
सम्झौता भदौ २२ गते देखि प्रभावकारी हुने नगरप्रमुख नृपबहादुर वडले बताए । यो कार्यक्रम अन्तरगत फोहरलाई श्रोतमै पृथकीकरण गरिने छ नगरप्रमुख वडले भने,  स्वास्थ्य सेवा प्रदानगर्ने संस्थाबाट उत्पादन हुने संक्रामक फोहरलाई ब्यबस्थापन तथा पुनः चक्रिकरण गरि नगरपालिकाको फोहर ब्यबस्थापन प्रणालीमा एकिकृत गरिने छ । उप–महानगरपालिकाले एकिकृत फोहर ब्यबस्थापनका लागि नीति तथा रणनिति तयार गर्ने, फोहर श्रोतमै उचित पृथकीकरण गर्ने, संक्रामक फोहर उपचार प्रणालीको स्थापना गर्ने, ब्यावहारीक तथा दिगो विकास मोडेलको विकासमा सहयोग गर्ने छ भने जिआईजेडले प्राविधिक सहयोग तथा क्षमता विकासका क्षेत्रमा आवश्यक सहयोग गर्ने नगरप्रमुख वडले बताए ।


 



सोमबार २२, भदौ २०७७ ०४:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.