कोरोना परीक्षण प्रयोगशालाको मुख्यमन्त्रीले गरे उद्घाटन

Yugnepal     1044 पटक पढिएको    


  जिल्ला अस्पताल डोटीमा कोरोना परीक्षण प्रयोगशाला उद्घाटन गरिएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापना गरिएको प्रयोगशालाको आज बिहान  मूख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् ।

 यो संगै अव सुदूरपश्चिम प्रदेश धनगढी, डडेल्धुरा र डोटीबाट कोरोना परीक्षण हुनेछ । उक्त जडान गरिएको मेसिनको परीक्षण नतिजाको सहि मापनका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०÷१० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वाबहरु सोमबार परीक्षण गरिएको बायो मेडिकल इन्जिनियर जय साउँदले जानकारी दिए ।

       गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार डोटी, बैतडी र कैलालीमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएको थियो । दुई ठाउँमा प्रयोगशाला  स्थापना भएपनि बैतडीमा भने अझै भएको छैन् ।



मङ्गलबार ०२, भदौ २०७७ ११:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.