शसस्त्र प्रहरीद्धारा अवैध कपडा तथा हार्डवयरका सामग्री बरामद

Yugnepal     858 पटक पढिएको    

शसस्त्र प्रहरीद्धारा अवैध कपडा तथा हार्डवयरका सामग्री बरामद


धनगढी ।  सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका अवैध कपडा तथा हार्डवयरका सामग्री आइतबार बरामद गरेको छ ।
जिल्लाको धनगढी उप–महानगरपालिका–१० सुडाघाट र कैलारी गाउँपालिका –५ शिवरतनपुरमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा रु. ६० हजार ५ सय ७० बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटरले जनाएको छ ।
बरामद गरिएका सामान भन्सार कार्यालयमा दाखिला गरेको जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटरले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि निगरानी बढाएको छ ।
 



आइतबार २५, साउन २०७७ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.