युवतीलाई यौनधन्दामा लगाउने  एक युवक पक्राउ

Yugnepal     845 पटक पढिएको    

युवतीलाई यौनधन्दामा लगाउने  एक युवक पक्राउ


धनगढी युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ घर भइ हाल गोदावरी नगरपालिका–२ बस्ने २८ वर्षीय हर्कबहादुर बोहरालाई पक्राउ गरेको हो । 

बोहराले धनगढी बस्ने–२ जना पीडितहरुलाई काठमाडौँबाट होटलमा वेटरको काम छ भनेर ललाईफकाई बोलाइ अत्तरियास्थित बोहरा होटल बोलाएका थिए । तर, उनले डर र धम्की देखाएर ती युवतीहरुलाई होटलमा आउने ग्राहकसग शारीरिक सम्पर्क राख्न लगाउने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवतmा एवम् प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले रातोपाटी लाई जानकारी दिए । 

बोहराले पीडितलाई अन्य स्थानमा समेत शारीरिक सम्पर्कका लागी पठाउने गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरी मानब बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए । 



शुक्रबार २३, साउन २०७७ ११:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.