चुरे गाउँपालिका–६ गेरडी गाउँमा पहिरोले ६ घर पुरिए

Yugnepal     1196 पटक पढिएको    

चुरे गाउँपालिका–६ गेरडी गाउँमा पहिरोले ६ घर पुरिए


धनगढी । कैलालीको चुरे गाउँपालिका–६ गेरडी गाउँमा पहिरोले ६ वटा घर पुरेको छ भने २३ वटा घर पहिरोको उच्च जोखिममा छन् । लगातारको वर्षाका कारण शनिबार दिँउसो पहिरो जाँदा चुरे गाउँपालिका–६ गेरडी गाउँका ६ वटा घर पहिरोमा पुरिनुका साथै २३ वटा घर उच्च जोखिममा रहेका हुन् ।
चुरे गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउँदका अनुसार गेरडी गाउँका स्थानीय मानसिंह ठगुन्ना, अम्बा बोहरा, प्रकाश बोहरा, हरिना बोहरा, गमिलाल बोहरा र मानबहादुर बोहरा गरी ६ जनाको घर पहिरोले पुरेर विस्थापित भएका छन् । 
उक्त गाउँमा अmभैm २३ घर पहिरोको उच्च जोखिममा रहेको उपाध्यक्ष साउँदले जानकारी दिइन् । गत विहीबार परेको लगातारको वर्षाका कारण चुरे गाउँपालिका–५ गुणी गाउँका ८ घर पहिरोले बगाएर लगेको थियो । गुणीका ८ घर परिवार पहिरोले घर बगाउँदा पूर्ण रुपमा विस्थापित भएका छन् ।
यसैगरी चुरे गाउँपालिका–५ पट्रेनी गाउँका २९ घर परिवार पनि पहिरोको उच्च जोखिममा रहेको जनायएको छ ।



मङ्गलबार २०, साउन २०७७ ०२:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.