सेतीमा वेपत्तामा दुई स्वास्थ्यकमर्मी मध्य एकको उद्धार

Yugnepal     1165 पटक पढिएको    

सेतीमा वेपत्तामा दुई स्वास्थ्यकमर्मी मध्य एकको उद्धार

 डोटी स्थित  सेती दनीमा नुहाउन गएका दुई जना स्वास्थयकर्मी वेपत्ता भएका छन्, भने एक जनालाई जिवितै उद्धार गरिएको छ । 

 वेपत्ता हुनेमा डडेल्धुराको परशुराम नगरपालिका–१ का अन्दाजी २१ बर्षे हरी प्रसाद जोशी र बझाङको खप्तड छान्ना गाउँपालिका–५ का विनय सिंह रहेका जिल्ला प्रहरी कार्यालय डाटीले जनाएको छ । उनिहरु शनिबार दिउँसो २ बजेर १५ मिनेटमा बेपत्ता भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएका दुवै जना डडेलधुरा अस्पतालमा कार्यरत रहेका थिए ।

 उनिहरु डोटी स्थित शैलेस्वरी मन्दिरको दर्शन गरेर फर्कने क्रममा सेतीमा नुहाउन गएका प्रहरीले जनाएको छ । उनिहरु संगै नदीमा पौडिखेल्न गएर बगेका कञ्चनपुर घर भएका खगेन्द्र कुँवरलाई भने जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण सिंह बोहराले बताए । 

 प्रहरी निरिक्षक बोहराका अनुसार शैलेश्वरी दर्शन गरेर फर्केका उनिहरु डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा नुहाउन गएका थिए । वेपत्ता भएका दुबै जनाको खोजी भईरहेको उनले बताए । सेतीमा पानीको वहाव बढी भएको र पानी धमिलो भएका कारण खोजिकार्य गर्न समस्या भएको प्रहरी निरिक्षक बोहराले बताए ।

 हराएका स्वास्थ्य कर्मीको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय तल्कोट, इप्रका गोबघाट बाट पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।



शनिबार १७, साउन २०७७ ०५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal