दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा

Yugnepal     653 पटक पढिएको    

दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा

 

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स सोमबार राती दुर्घटनामा परेको छ । डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर गाउँपालिका तर्फ आउँदै गरेको एम्बुलेन्स महकाली लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ना। अ। ९८८ नम्बरको एम्बुलेन्स सडकबाट करीब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

एम्बुलेन्समा चालक मात्रै रहेको र उनी सकुशल रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा परेको एम्बुलेन्स पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।



मङ्गलबार १३, साउन २०७७ ११:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.